जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा फागुन ३० गते बुटवलस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ। साधारणसभा अध्यक्ष डा. मान बहादुर बि.क को अध्यक्षतामा सम्पन्न भएको हो। सभामा संस्थाका सञ्चालक हुँमा कुमारी कुँवर थापाले स्वागत मन्तव्य राखेकी थिइन्।
साधारणसभामा संचालक समतिका अध्यक्ष बि.क ले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै प्राध्यापक डा. द्रोण प्रकाश रसाइली, पूर्व अध्यक्षहरू तथा संस्थापक बाबुराम विश्वकर्मा, डा.यम बहादुर बि.क र रेवन्त बहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सोही सभामा पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल पूर्व सञ्चालक तथा सर्वसाधारण शेयरधनी गोकर्ण बहादुर कार्की क्षेत्री, संस्थाको बैकिङ समुदाय सदस्य तथा उद्यमी सरिता जोशीले मन्तव्य राखेका थिए।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै गत आर्थिक वर्षको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची पनि पारित भएको छ। साथै चालू आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ। विशेष प्रस्तावको रूपमा अन्य उपयुक्त संस्थालाई गाम्ने, गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गर्न संचालक समितिलाई अधिकार प्रत्योजन गर्ने निर्णय भएको छ।




