शक्तिशाली, स्टाइलिश र स्मार्ट रेडमी नोट 15 5G नेपालमा
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi ले नयाँ स्मार्टफोन Redmi Note 15 5G नेपालमा सार्वजनिक गरेको छ। अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम सुविधासहित यो स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प भएको कम्पनीले जनाएको छ।
रेडमी नोट 15 5G ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल गरी तीन आकर्षक रंगमा उपलब्ध छ, जसमा मिस्ट पर्पल रंग प्रयोगकर्तामाझ बढी लोकप्रिय बनेको कम्पनीको दाबी छ। रेडमी सिरिजकै इतिहासमा सबैभन्दा पातलो भनिएको यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने र यसको हल्का तथा पातलो डिजाइनले प्रयोगकर्तालाई सहज अनुभव दिने बताइएको छ।
यस स्मार्टफोनमा ५५२० mAh क्षमताको ब्याट्री रहेको छ, जसले झण्डै दुई दिनसम्म चार्ज टिक्ने कम्पनीले जनाएको छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु बढाउने र ४५ वाट टर्बो चार्जिङले छिट्टै फुल चार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ। एकपटक चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो हेर्न वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीको भनाइ छ।
रेडमी नोट 15 5G मा ६.७७ इन्चको OLED डिस्प्ले र ३२०० निट्स ब्राइटनेस रहेको छ, जसले घाममा पनि स्पष्ट दृश्य देख्न मद्दत गर्छ। ३८४०Hz PWM डिमिङ प्रविधिले आँखालाई सहज बनाउने बताइएको छ। स्मार्टफोनमा Snapdragon 6 Gen 3 प्रोसेसर (4nm आर्किटेक्चर) प्रयोग गरिएको छ र २४ जिबीसम्म र्याम सपोर्ट भएकाले उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित हुने कम्पनीले जनाएको छ।
फोटोग्राफीका लागि यसमा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सुविधाले स्पष्ट र गुणस्तरीय फोटो खिच्न सहयोग गर्ने बताइएको छ। साथै डुअल स्पिकर, एआई पोर्ट्रेट र डाइनामिक सट्स 2.0 जस्ता सुविधाले प्रयोगकर्ताको मनोरञ्जन अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको दाबी छ।
सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलक सुविधा दिइएको छ। साथै ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित भएको यो डिभाइसमा Wet Touch Technology 2.0 पनि समावेश गरिएको छ, जसले भिजेको स्क्रिनमा पनि सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। रेडमी नोट 15 5G नेपालभर दुई भेरियन्टमा उपलब्ध छ, जसअन्तर्गत १२GB + ५१२GB को मूल्य रु. ४६,९९९ र ८GB + २५६GB को मूल्य रु. ३९,९९९ तोकिएको छ। कम्पनीका अनुसार यो स्मार्टफोन नेपालभरका आधिकारिक विक्रेतामार्फत खरिद गर्न सकिनेछ।




