शेयर बजारमा ४६ अंकको पहिरो, १३ अर्बको कारोबार
काठमाडौं । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४६.७८अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कालिका पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले गुमाएका छन् ।




