अछाम-२ मा एमालेका बोगटी विजयी
काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी पाँच सय भन्दा कम मतान्तरले निर्वाचित भएका छन् । बोगटी ९ हजार ५१८ मत पाएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४ हजार ५६२ भोट ल्याए ।




