झापा-१ : रास्वपाकी निशा डाँगी निर्वाचित
काठमाडौं । झापा १ मा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गतको मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् ।
यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् ।
उनले ४५ हजार ६८० मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।




