दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी
दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन ।
सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् ।
दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।




