सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?
काठमाडौँ । माघ २६ गते सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी तोलामा २४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा २४० रुपैयाँले बढेको थियो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी तोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




