अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सद्वारा इन्कोटर्म्स २०२० को व्यावहारिक आयामबारे छलफल
काठमाडौँ । विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सद्वारा जारी इन्कोटर्म्स २०२० को प्रभावकारिताबारे चेम्बर पदाधिकारी, बैंकर, वित्त विशेषज्ञ र सरोकारवालाबीच छलफल भएको छ।
नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक हीरक जयन्तीका अवसरमा नेपाल चेम्बर अफ कमर्स आईसीसी डेस्क तथा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी मुख्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा चेम्बर हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालजस्तो भूपरिवेष्ठित र विकासोन्मुुख अर्थतन्त्र भएको मुुलुकका लागि अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्रबैंक, बैंक तथा बीमा कम्पनी एवं आयात तथा निर्यातकर्ताबीच आपसी समन्वय आवश्यक रहेको बताए।
इन्कोटम्र्स २०२० ले क्रेता र विक्रेताबीचको जिम्मेवारी, जोखिम र लागत स्पष्ट रुपमा निर्धारण गर्न महत्वपूर्ण भूूमिका निर्वाह गर्ने उनले बताए। नेपालको विद्यमान आयात निर्यातको अभ्यास एवं अन्तर्राष्ट्रिय रुपमा मान्य मापदण्डबीच ज्ञान आदान प्रदान गर्न इन्कोटर्म्स २०२० महत्वपूर्ण भएको उनको भनाइ छ।
हीरक जयन्ती मुुल समारोह समितिका सभापति श्रेष्ठले भने, ‘भारत तथा चीनजस्ता छिमेकी मुुलुुकसँग स्थलमार्ग मार्फत नेपालले आयात निर्यात गर्ने गरेको छ, तर यी व्यापारिक कारोबार गर्ने क्रममा समुद्री ढुुवानीका लागि प्रयोग हुने इन्कोटर्म्सहरु स्थलमार्गको व्यापारमा प्रयोग हुँदा सरोकारवालाबीचको स्पष्ट बुझाइको अभावमा लेनदेन तथा भन्सार प्रक्रीया र बैङिकङ कारोबारमा भने समस्या उत्पन्न हुने गरेको छ। ’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले इन्कोटम्र्स २०२० प्रयोगका क्रममा साना मझौला तथा नया“ व्यवसायीहरुमा सचेतना तथा प्राविधिीक ज्ञानको अभाव रहेको बताए।
उनले भने, नेपालमा इन्कोटम्र्स २०२० सम्वन्धी औपचारिक तालिम वा सचेतना कार्यक्रम सीमित छन्, कतिपय अवस्थामा आयात निर्यात कर्तासँगै भन्सार तथा व्यापार सहजीकरणमा संलग्न कर्मचारीमा समेत यसको जानकारीमा कमी देखिन्छ।
अध्यक्ष अग्रवालले नेपाल भूपरिवेष्ठित देश भएकाले कमजोर यातायात पूर्वाधार र कोलकोत्ता तथा विशखापट्नम जस्ता भारतीय बन्दरगाहमा निर्भर रहनुुपर्दा ढुवानीसँग सम्वन्धित इन्कोटर्म्सको प्रयोग भने जटिल बनेको बताए।



