“स्मार्ट फ्राइडे इनसाइत सीरिज को इपिसोद ०३: लगानीकर्ताले गर्ने प्रमुख गल्तीहरूबारे गहन छलफल”
काठमाडौं । स्मार्ट ग्रोथ भेन्चर्स प्रा.लि.ले लगानीकर्ताको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ सुरु गरेको स्मार्ट फ्राइडे इनसाइत सीरिज निरन्तर लोकप्रिय बन्दै आफ्नो तेस्रो इपिसोडमा प्रवेश गर्न लागेको छ।
इपिसोड – ०३, शीर्षक “टप मिस्टेक्स न्यु इन्भेष्टर्स मेक”, आगामी शुक्रबार, जनवरी १६, २०२६ (२ पुष २०८२) मा आयोजना हुने भएको छ। यो इपिसोडमा कलश स्टक मार्केट (ब्रोकर नं. ७४) का प्रबन्ध निर्देशक श्री शालिकराम अधिकारी वक्ता रहनु हुनेछ। कार्यक्रम साँझ ६:३० देखि ८:०० बजेसम्म गुगल मिट र युट्युब लाइभ मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
यस इपिसोडमा पुँजीबजारमा लगानी गर्दा लगानीकर्ताहरूले प्रायः गर्ने गल्तीहरूबारे विस्तृत रूपमा छलफल हुनेछ। वक्ताले यी गल्तीहरू कसरी हुने गर्छन्, तीबाट कसरी सिक्ने र भविष्यमा कसरी बच्ने भन्ने विषयमा व्यवहारिक दृष्टान्तका साथ सुझाव र रणनीति प्रस्तुत गर्नेछन्। यो विषय नयाँ मात्र होइन, सबै प्रकारका लगानीकर्ताहरूका लागि उपयोगी रहनेछ, किनभने लगानीका निर्णयमा अनुशासन, दीर्घकालीन सोच र मनोवैज्ञानिक पक्षहरूको महत्त्व सबैका लागि समान हुन्छ।
यसअघि, इपिसोड – ०१ मा “युज अफ कोलेटरल स्मार्ट्ली” विषयमा सिए मनिष अर्याल, प्रमुख कार्यकारी अधिकृत, सिटिजन्स स्टक ब्रोकर (ब्रोकर नं. ९१) ले प्रस्तुति दिनु भएको थियो, जसले लगानीकर्तामाझ उल्लेखनीय प्रतिक्रिया पाएको थियो।
स्मार्ट ग्रोथ भेन्चर्स प्रा.लि. का अनुसार, स्मार्ट फ्राइडे इनसाइत सीरिज कार्यक्रमका प्रमुख उद्देश्यहरू यस प्रकार छन्:
• लगानीकर्तालाई बजारका आधारभूत र आवश्यक विषयमा सचेत र शिक्षित बनाउने
• ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाई आपसी बुझाइ र विश्वास निर्माण गर्ने
यस कार्यक्रमलाई नेप्से अल्फा ले विशेष सहयोग गरेको छ। साथै, प्रत्येक इपिसोड फरक–फरक ब्रोकर कम्पनीसँग सहकार्यमा आयोजना गरिनेछ।
स्मार्ट का प्रतिनिधिले भने, “सबल र जिम्मेवार पुँजीबजारको आधार लगानीकर्ता शिक्षा हो। यस कार्यक्रम मार्फत हामी सिकाइ, संवाद र विश्वासको साझा प्लेटफर्म तयार गर्दैछौं।”
📌 कार्यक्रम विवरण:
• कार्यक्रम: स्मार्ट फ्राइडे इनसाइत सीरिज – इपिसोड ०३
• विषय: टप मिस्टेक्स न्यु इन्भेष्टर्स मेक
• वक्ता: शालिकराम अधिकारी, प्रबन्ध निर्देशक, कलश स्टक मार्केट (ब्रोकर नं. ७४)
• मिति: शुक्रबार, जनवरी १६, २०२६ (२ पुष २०८२)
• समय: साँझ ६:३० – ८:००
• सपोर्टेड बाइ: नेप्से अल्फा
• दर्ता लिङ्क: https://forms.gle/WDvF1Yn7P1VGnXWd8



