नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठद्धारा फूड टिच उद्घाटन |
काठमाडौं । भक्तपुरको सल्लाघारी चौरमा ४ दिने अन्तरराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलम्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।

फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए । उनले यो मेलामा अन्तरराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको दाबी गरे । यो मेलाले नेपाल लगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तरराष्ट्रिय व्यापारको बजारिकरण हुने उल्लेख गरे ।



