कुरिनटारमा केफसीको नयाँ आउटलेट उद्घाटन
काठमाडौं । दिगो ग्रुप अफ इंडस्ट्रीस अन्तर्गत सञ्चालित दिगो e-Stop ले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन KFC को नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ । उद्घाटनको अवसरमा सीमित समयका लागि ग्राहकहरूका लागि २५% विशेष छुट पनि उपलब्ध गराइएको छ ।
यस नयाँ आउटलेटले राजमार्गमा यात्रा गर्ने यात्रुहरू र स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभव अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ। अब दिगो e-Stop कुरिनटारमा पुगेका यात्रुहरूले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै, विश्वभर रुचाइने KFC को स्वादको आनन्द लिन सक्नेछन् ।
दिगो ग्रुप अफ इंडस्ट्रीसका Group CEO सौरभ श्रेष्ठले उद्घाटनका अवसरमा बोल्दै , “दिगो e-Stop मा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो । कुरिनटारमा KFC को उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं ”, भने।
दिगो e-Stop कुरिनटारले निजी तथा व्यवसायिक EV का लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवा प्रदान गर्दै आएको छ । KFC को आगमनले यसलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा अझ मजबुत बनाएको छ ।
उद्धाटनसँगै उपलब्ध २५% विशेष छुटले यात्रु, परिवार तथा स्थानीय बासिन्दाहरूलाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ, जहाँ दीगो मोबिलिटी र विश्वस्तरीय सेवा एउटै स्थानमा भेटिन्छ ।


