खजुरा गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्ज । खजुरा गाउँपालिका बाँकेको आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकाको आयोजनामा भएको सुनुवाईबाट ६ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा सिक्टा सिचाई आयोजनाको नहर निर्माणको सम्बन्धमा देखिएको अवरोध तथा समस्या समाधानका लागि स्थानीय बासि तथा सिक्टा सिचाईसँग जग्गाको उचित ब्यवस्थापन बारे समन्वय गर्दै निकास निकाल्ने, वडा नम्बर ३ अन्तरगत डिगाँउ जाने बाटो लगायत पालिका भित्रका भत्कीएका र पूर्ननिर्माण गर्नुपर्ने सडक तथा बाटोहरु प्राथमिकताको आधारमा निर्माण गर्दै जाने, पालिकाको प्रगति तथा आर्थिक प्रतिबेदन नियमित रुपमा अद्यावधिक गर्ने, पालिका भित्र लागु औषधका घट्ना घटाउन तथा नियन्त्रण गर्न पालिका मार्फत सचेचना मुलक कार्यक्रम सञ्चालन गर्ने तथा नागरिक प्रहरी र पालिका अन्तर समन्वयलाई प्रभावकारि रुपमा अगाडी बढाउने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए भने गाउँपालिकाले प्रथम चौमासिकमा गरेको प्रगति र मुख्य उपलब्धीको बारेमा जानकारी प्रमुख प्रशसकिय अधिकृत दिल बहादुर पौडेलले गरेका थिए । खजुरा मिनिपार्कको सभाहलमा भएको सुनुवाईमा सहभागिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, सरोकारवालाको रुपमा उपस्थित उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले दिएका थिए ।
सुनुवाईको अन्त्यमा गरिएका प्रतिबद्धताहरु प्राथमिकिकरणमा राखेर पुरा गर्ने गाउँपालिका अध्यक्षले प्रतिबद्धता गरेका छन् । सुनुवाईमा १६० बढीको उपस्थिती रहेको थियो ।


