SMART Friday Insight Series औपचारिक रूपमा शुभारम्भ
काठमाडौं । नयाँ वर्ष २०२६ को अवसरमा नेपालका लगानीकर्तालाई पुँजीबजारसम्बन्धी ज्ञान, स्पष्टता र आत्मविश्वास प्रदान गर्ने उद्देश्यसहित SMART Growth Venture Pvt. Ltd. ले SMART Friday Insight Series को औपचारिक शुभारम्भ गरेको छ। कार्यक्रम हरेक शुक्रबार साँझ ६:३० देखि ८:०० बजेसम्म Google Meet तथा YouTube Live मार्फत सञ्चालन हुनेछ।
1. SMART (Stock Market Analysis & Research Team) भनेको के हो?
SMART Growth Venture Pvt. Ltd. एक शिक्षामूलक र अनुसन्धान–केन्द्रित संस्था हो, जसले पुँजीबजारमा संलग्न सबै व्यक्तिहरूलाई सही ज्ञान, विश्लेषण र मार्गदर्शन प्रदान गर्दै Learn, Earn & Grow Together को दर्शनमा आधारित भएर कार्य गर्दै आएको छ।
2. यो कार्यक्रम मार्फत् SMART के गर्न चाहन्छ?
SMART को मुख्य उद्देश्य लगानीकर्तालाई वित्तीय रूपमा सशक्त बनाउनु, पुँजीबजारसम्बन्धी सही जानकारी प्रवाह गर्नु तथा ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाउँदै विश्वासको पुल निर्माण गर्नु हो। SMART ले शिक्षा मार्फत लगानीकर्ताले दीर्घकालीन रूपमा सही निर्णय लिन सकून् भन्ने लक्ष्य लिएको छ।
यस संस्थाले यसअघि पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विगतमा ब्रोकर ६४ (सन सेक्युरिटिज) र ब्रोकर ४९ (अनलाइन सेक्युरिटिज), ब्रोकर ७४ (कलश स्ट्क मार्केट्) सँग सहकार्य गरी सेयर बजार प्रशिक्षण तथा समुदायस्तरको वित्तीय जागरण कार्यक्रमहरू सञ्चालन गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
3. यस्तो कार्यक्रम कहिलेदेखि गर्दै आएको छ?
SMART विगत केही वर्षदेखि लगानीकर्ताx?sf] शिक्षा, बजार सचेतना, विश्लेषणात्मक सेसन र प्रत्यक्ष संवाद कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। SMART Friday Insight Series सोही निरन्तर प्रयासको एक संरचित र नियमित संस्करण हो, जुन नयाँ वर्ष २०२६ बाट औपचारिक रूपमा सुरु गरिने छ।
4. यी कार्यक्रममार्फत कस्तो प्रभाव सिर्जना हुँदैछ?
SMART का कार्यक्रमहरूले हजारौं लगानीकर्तालाई वित्तीय साक्षरता, व्यवहारिक ज्ञान र आत्मविश्वास प्रदान गरेको छ। यसले लगानीकर्तालाई अफवाहभन्दा टाढा राख्दै जिम्मेवार, सूचित र दीर्घकालीन सोच भएका लगानीकर्ता बन्न सहयोग पुर्याइरहेको छ।
5. यस कार्यक्रममा को सहभागी हुन सक्छ?
• नयाँ लगानीकर्ताहरू
• सेयर बजारमा सक्रिय लगानीकर्ताहरू
• ट्रेडिङ र दीर्घकालीन लगानीमा रुचि राख्ने व्यक्ति
• वित्तीय साक्षरता बढाउन चाहने जो–कोही
देशभरका इच्छुक व्यक्तिले अनलाइनमार्फत सहजै सहभागिता जनाउन सक्छन्।
6. विशेष आकर्षणहरू
• हरेक एपिसोडमा एक ब्रोकर संस्थासँग प्रत्यक्ष संवाद
• Episode–01 मा Citizens Share Broker Ltd. (Broker No. 91) सँग सहकार्य
• प्रमुख वक्ता: CA Manish Aryal (CEO)
• Episode–01 को विषय: Use of Collateral Smartly
• Nepse Alpha को प्राविधिक समर्थन
• प्रत्यक्ष प्रश्न–उत्तर (Live Q&A)
• निःशुल्क सहभागिता र अनलाइन पहुँच
📌 पहिलो कार्यक्रमको विवरण:
• कार्यक्रम: SMART Friday Insight Series
• सुरु मिति: शुक्रबार, 2 January 2026 – १८ पुष २०८२
• समय: साँझ ६:३० – ८:००
• Registration Form Link: https://forms.gle/WDvF1Yn7P1VGnXWd8
• आयोजक: SMART Growth Venture Pvt. Ltd.
SMART Growth Venture Pvt. Ltd. ले नयाँ वर्षको सुरुवातसँगै ज्ञानमा आधारित लगानी संस्कृतिको विकास गर्न सबै लगानीकर्तालाई SMART Friday Insight Series मा सहभागी हुन आग्रह गरेको छ।

