इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग – एलजीको एआई टिभि नेपाली बजारमा
काठमाडौँ । उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी ब्रान्ड एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टिभि नेपाली बजारमा सार्वजनिक गरेको छ । एफेक्सनेट इन्टिेलिजेन्स को दर्शनमा आधारित हुनुका साथै एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन २ द्वारा संचालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ ।
नयाँ एलजी एआई टिभिले रियल टाइममा नै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्दछ, कम्पनीले भनेको छ ।
नयाँ एलजी एआई टिभि सिरिजले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै प्राकृतिक संवाद (एआई च्याटबोट) मार्फत छिटो सहायता उपलब्ध गराउँछ । रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव दिने, दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन गर्ने, घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ गर्ने, छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली, प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन एआईबाट गर्दछ ।
एलजी एआई टिभि नेपालमा चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ । जसमा एलजी ओएलइडी इभो एआई, एलजी क्युएनइडी एआई, एलजी नानेसेल एआई र एलजी युएचडी एआई रहेका छन् । प्रत्येक मोडेलमा एलजीको अत्याधुनिक एआई क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिजमा उपलब्ध हुने एलजी नेपालले जनाएको छ ।
“एलजी एआई टिभिको आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं । यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरुसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,” एलजी नेपालका ब्राण्ड प्रमुख मुकेश कुमार बैठाले भने , “हामी नेपालमा विश्वस्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौं र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ ।”
एलजी एआई टिभिका सबै सिरिजहरु नेपालभर रहेका एदजीका सबै आधिकारिक शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
४० वर्षदेखि एलजी नेपालले नेपाली उपभोक्तामाझ विश्वासिलो उपस्थिती जनाइरहेको छ ।

