एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५का उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत
काठमाडौं । अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) का उत्कृष्ट विद्यार्थीहरु विहीबार पुरस्कृत भएका छन् । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा उनीहरुलाई आकर्षक नगदसहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।
प्रतियोगितामा सृष्टी न्यौपाने पहिलो हुन सफल भइन् । उनले ५० हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा दोश्रो हुने अपर्णा कोइरालाले २५ हजार नदगसहित प्रमाणपत्र प्राप्त गरिन् । साथै तृतीय हुने अंकिता शर्माले १५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । साथसाथै सान्त्वना विवेक बासुकला र सुमी दुवाल श्रेष्ठले पाँंचपाँंच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई नेपाल इन्जिनियरिंग कलेज नेकका भाइस प्रिन्सिपल सहप्राध्उयापक मोहनध्वज केसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
कार्यक्रममा कलेजका प्रशाशन प्रमुख श्रीमा शर्मा, सहप्राध्यापक एवं आर्किटेक्ट विभागका एचओडी राम सुवाल, सहप्राध्यापकहरु रक्षा रायमाझी, योजना तुलाधर, कृष्णप्रसाद भुजूलगायतले कार्यक्रमका विविध विषयमा चर्चा गरेका थिए ।
पुरस्कार वितरण समारोहमा सहभागी एसियन पेन्ट्सका शितल कटुवालका अनुसार यसवर्षको यो १३ संस्करण हो । ऐसिएन पेन्ट्सले प्रत्येक वर्ष इन्जिनियरिंग अध्ययन गरिरहेको विद्यार्थीहरुवीच प्रतियोगिता गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आएको उनले जनाइन् ।
