नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ।
बैठकले शेयरधनीहरूलाई गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो।


