गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित
पोखरा । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज विहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ।
साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांश करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
उक्त साधारणसभाले आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१÷८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सम्बन्धित अनुसूचीहरू पारित गर्ने तथा आ.व. २०८२÷८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरू पनि पारित गरेको छ।
साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी वृद्धि गरी रु. ६ अर्ब १० करोड पु¥याउने, काठमाडौं जिल्लामा रहेको केन्द्रीय कार्यालय लाजिम्पाटमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र र नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरेको छ।
हाल विकास बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रहेकोमा साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ।
देशभर १२६ शाखा कार्यालय र ५१ एटिए भएको यस विकास बैंकले नविनतम डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

