सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
                                                                    
                                                                काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस (BBB+)’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले वित्तीय सुदृढता, दायित्व पूरा गर्ने क्षमता र समग्र संस्थागत व्यवस्थापनमा सुधार गर्दै यो रेटिङ हासिल गरेको हो ।
यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियो झल्काउँछ ।
‘बीबीबी प्लस’ श्रेणीका कम्पनीहरूलाई आफ्नो दायित्व समयमै पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ ।
कम्पनीले ग्राहक, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्ण र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाल कम्पनीले देशभरका १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ ।
