नाडा अटो शोमा ड्याटसन गाडीहरुमा आकर्षक उपहार योजना |
काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ ।
नाडा अटो सो तथा दसैं, तिहार जस्ता महान् चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ । यो ड्याट्सन गो को नयाँ संस्करण हो । यसमा शक्तिशाली १.२ लिटर इन्जिन, रियर विपर, आ। १४ डायमन्ड कट एलो ह्विल जस्ता थप विशेषता यसमा विद्यमान रहेका छन् ।
फेस्टिभ हट डिल अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्ने छन् । नाडा अटो शोमा ड्याटसनको कुनै पनि गाडी बुकिङ गरेमा, उक्त गाडी डेलिभरी गर्दाको बखत रु.३१,९९९ बराबरको एमआई ८ लाइट मोबाइल निːशुल्क दिइने छ ।
यसै गरी गाडीका खरिदकर्ताहरु बीच लक्की ड्र गरीनेछ जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जना ले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।
यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा रु ९९,००० बराबरको निːशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको वीमा, ३ वर्ष सम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष सम्मको सडक कर र रु.१२५,००० सम्मको नगद छुट, फेस्टिभ डिस्काउन्ट अन्तर्गत रु. ५०,००० को छुट प्राप्त गर्न सकिने छ ।
साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नुहुने छ । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा, बाई ब्याक अफर जस्ता थुप्रै सुविधाहरु प्राप्त गर्न सकिने छ । यो फेस्टिभ हट डिल अन्तर्गत ड्याट्सन न्यू गोमा रु.३४०,६४६ तथा ट्याट्सन रेडि गोमा रु. ३२२,६९६ सम्मको लाभ प्राप्त गर्न सक्नुहुने छ । यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रि केन्द्रहरु बाट लिन सकिनेछ ।
आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेका छन् ।




