बिवाईडी अट्टो १ लाई टाईम्स म्यागजिनद्वारा सम्मान

काठमाडौं । विश्वप्रसिद्ध पत्रिका टाईम्सले वर्ष २०२५ का ‘Best Inventions’ मध्ये बिवाईडी अट्टो १ लाई चयन गरेको छ । यो सम्मानले बिवाईडीको निरन्तर प्रविधि र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धतालाई विश्वव्यापी रूपमा मान्यता दिएको छ ।
बिवाईडी कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त सम्मानबारे जानकारी दिँदै , “हामी अत्यन्त गर्वका साथ साझा गर्छौं कि बिवाईडी अट्टो १ लाई टाईम्स म्यागजिनले वर्ष २०२५ का उत्कृष्ट आविष्कारमध्ये एकको रूपमा सम्मान गरेको छ । हामी टाईम्सलाई र हाम्रो अद्भुत समुदायलाई धन्यवाद दिन चाहन्छौं, जसले हामीमाथि विश्वास गर्दै निरन्तर नवप्रवर्तनलाई अगाडि बढाउन साथ दिएको छ ।”
‘Designed for the city, Made for YOU’ भन्ने नारासहित प्रस्तुत बिवाईडी अट्टो १ लाई शहरी वातावरणका लागि डिजाइन गरिएको अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सिटी कारका रूपमा हेरिएको छ । यसको कम्प्याक्ट डिजाइन, उर्जासक्षम ब्याट्री प्रविधि र स्मार्ट फिचरहरूले यसलाई नयाँ पुस्ताका चालकहरूबीच लोकप्रिय बनाएको छ ।
नवप्रवर्तन, टिकाउ भविष्य र स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता स्वरूप BYD ले विश्व बजारमा आफ्नो स्थानलाई अझ सुदृढ बनाउँदै लैजाने बताएको छ ।