पाँचथरको कुम्मायकमा भएको बाेलेराे दुर्घटनामा ६ काे मृत्यु

काठमाडौं । पाँचथरको कुम्मायककाे कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।