दुई दिनपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडौं । मंगलबार अपराह्नदेखि अवरुद्ध बनेको नारायण–मुग्लिन सडक पुनः सुचारु भएको छ ।
चितवनको तुइनखोलामा सडकमाथिबाट आएको सुख्खा पहिरोका कारण उक्त राजमार्ग पूर्ण अवरुद्ध भएको थियो ।
सडक विभाग, स्थानीय प्रशासनको पहलमा दुइ दिन लगाएर पहिरो पन्छाएसँगै राजमार्ग दुइतर्फी रुपमा सञ्चालनमा आएको हो । यो खण्डमा यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध भएको थियो । ३५ घण्टापछि पहिरो हटाएर सञ्चालनमा ल्याइएको केही दिनमा दोस्रापटक उक्त सडकखण्ड पुनः अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा दशैंका बेला गाउँ जाने यात्रुलाई ठूलो मर्का पुगेको थियो ।