मलेसियन ब्राण्ड जुलीका बिस्कुट नेपालमा, क्रयाकर र कुकिज पनि |
काठमाडौं । मलेसियामा बनेको जुली ब्राण्डको बिस्कुट नेपालमा आएको छ । विशाल ग्रुपले जुलीका क्रयाकर, बिस्कुट र कुकिजलाई नेपालमा भित्र्याएको हो ।
’बेक्ड विथ लभ’ र ’द बेस्ट अफ यू’ थिममा सार्वजनिक भएको जुली बिस्कुट विश्वका ८० देशहरुमा बिक्री वितरण हुने ब्राण्ड हो ।
सन् १९८५ मा स्थापना भएको मलेशियन ब्राण्ड जुलीका उत्पादनहरु सुरुवातदेखि नै विश्व बजारमा स्न्याक्स लभरहरुको रोजाइमा पर्ने गरेको थियो ।
यसका पिनट बटर, स्याण्डविच गोल्डन क्रयाकर तथा लभ लेटर्स स्वादका उत्पादनहरु एशिया प्यासेफिक क्षेत्रभरी नै लोकप्रिय छ ।
विशाल ग्रुपका निर्देशक अर्पित अग्रवालले नेपालमा जुली ब्राण्ड भित्र्याउनु आफैंमा ठूलो सफलता भएको बताए ।
जुली विश्वका धेरै देशहरुमा रुचाइएको ब्राण्ड भएकाले नेपालमा पनि यसलाई सबैले मन पराउने अग्रवालको विश्वास छ ।
जुलीका बिस्कुट र कुकिजहरुलाई एपेटाइजर तथा स्न्याक्सका रुपमा खान सकिने कम्पनीले जनाएको छ ।



