तीन दिनमा एक लाख ३८ हजारले काठमाडौं छोडे

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । विद्यालय, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौंबाट बाहिरिने नाकाहरूमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लाग्ने गरको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म एक लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेका छन् ।
पहिलो दिन ४० हजार ९२३, दोस्रो दिन ३९ हजार ८१४ र तेस्रो दिन ५७ अजार ५५९ यात्रुले काठमाडौं छोडेको प्रहरीको तथ्यांक छ ।
यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुला नगरिए पनि एक दिनअगाडि टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्क, कोटेश्वर, गौशालालगायत स्थानमा भीड लागेको छ ।
हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी, गौशालालगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।