प्रेमसागरको जनभोजनलाई जनता बैंकको दुई लाख सहयोग |
काठमाडौं । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सहयोग गरेको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख रुपैयाँ सहयोग गरेको हो ।
जनभोजन कार्यक्रमको कार्यालय धादिङमा छ । सहयोग फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो । जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्धबृद्धालाई बिहानको खाना खुवाउँदै आएको छ ।
धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवाखाजाको कार्यक्रम संचालन गर्दै आएको छ । दैनिक करिव ५० हजार रकम बराबरको बिहानी खाना र दिबाखाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई बैंकले ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत रकम सहयोग गरेको हो ।



