जनता बैंकले पाटन कृष्ण मन्दिर र हरेकृष्ण धाममा निːशुल्क पानी र ग्लुकोज बाड्यो |
काठमाडौं । जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा यहि भाद्र ६ गते पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।
उक्त दिन दुबै धाममा हजारौ भक्तजनहरु वर्तबसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निːशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो ।
उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको थियो । सोही अवसरमा बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष श्री रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु। १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो ।
हरेकृष्ण धामले हरेक बर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।



