आज यी सीमित शाखाबाट सेवा दिदैं नबिल बैंक

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यकाभित्रका केही शाखामा मात्र आज (भदौ २६ गते, बिहीबार) सीमित सेवा सञ्चालन हुने जनाएको छ। बैंकका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
सीमित सेवा दिने शाखामध्ये काठमाडौंका तीनधारा, महाराजगञ्ज र हलचोक शाखा रहेका छन् । यस्तै, भक्तपुरमा कौशलटार र सूर्यविनायक शाखाबाट सेवा प्रवाह गरिने छ भने ललितपुरमा ललितपुर र सातदोबाटो शाखाबाट मात्र सेवा उपलब्ध हुनेछ ।
बैंकले उपत्यकाबाहिरका शाखाहरू भने पूर्ववत रूपमा सञ्चालन हुने र सामान्य सेवाहरू नियमित रूपमा उपलब्ध हुने जनाएको छ । साथै, अन्य आवश्यक जानकारीका लागि ग्राहकहरूले नबिल बैंकको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।