कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सेयर निष्काशन गर्ने सम्झौता पत्रमा कालिन्चोक इन्भेष्टमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
जारी पुँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने ७० प्रतिशतले हुने रकम हाल धितोपत्र बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ ।


