ओली दुबई जान लागेको खबर भ्रामक: हिमालय एयरलाइन्स

काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फ कम्पनीसम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतःअसत्य तथा भ्रामक भएको जनाएको छ।
कम्पनीले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको जहाज चढेर दुबई जान लागेको भन्ने खबर पूर्ण रुपमा झुठो भएको जनाएको हो ।
हामी पुनः स्पष्ट पार्न चाहन्छौँ कि उक्त समाचार पूर्ण रूपमा गलत र भ्रामक हो। यस्ता अपुष्ट समाचारहरूमा विश्वास नगर्न र नफैलाउन सबैलाई हार्दिक अनुरोध गर्दछौँ, विज्ञेप्तिमा भनिएको छ ।