सेजन अध्यक्षमा भागवत भट्टराई निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन् ।
निर्वाचनमा २४६ मत खसेको थियो। एक मत बदर भएको थियो। उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यस्तै महासचिवमा कमल बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी अच्युत पुरीले १०४ मत ल्याए।
शंकर पण्डित सचिवमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत पाइन्।
सेजनको सदस्यहरूमा अर्जुन तामाङ १४१ , कमल धिताल १८५ , भोजराज भण्डारी १४६ , राजु बास्कोटा १५९ र सिमा तामाङ १६२ निर्वाचित भएका छन् ।
सेजनको २७ औँ अधिवेशन तथा साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।