फेसबुक दर्ता गर्न मेटाको चासो, संचार मन्त्रालयसंग माग्यो आवश्यक कागजातको सूची

काठमाडौं । फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकारलाई इमेल गरेर जानकारी मागेका थिए। मन्त्रालयले केही मिनेटमै आवश्यक कागजात विवरणसहित जवाफ पठाएको जनाएको छ।
यसअघि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू क्रमश: बन्द गर्ने निर्णय गरिसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरिसकेको छ।
साथै हाम्रो पात्राेले सूचिकरणको लागि आवदेन दिइ सकेको छ ।