सामसुङ ग्यालेक्सी A17 5G नेपालमा सार्वजनिक: प्रिमियम सुविधा किफायती मूल्यमा

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय A-सीरिजलाई थप्दै नयाँ ग्यालेक्सी A17 5G सार्वजनिक गरेको छ। कम्पनीले यसको मूल्य ८/२५६GB मोडलको लागि रु. ३४,९९९, ८/१२८ GB मोडलको लागि रु. ३०,९९९, र ६/१२८GB मोडलको लागि रु. २८,९९९ तोकेको छ।
ग्यालेक्सी A17 5G मा ६.७-इन्च सुपर AMOLED डिस्प्ले ९०Hz रिफ्रेस रेटसहित राखिएको छ। फोनको डिजाइन पातलो र हल्का छ भने क्यामेरा सेटअप लायनेर ग्रुपिङमा राखिएको छ। यसमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा-वाईड, र २MP म्याक्रो लेन्स उपलब्ध छन्, जसले विभिन्न खिचाइका विकल्पहरू दिन्छ।
फोनमा Gemini इंटिग्रेशन, Gemini Live, र Circle to Search जस्ता AI टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई स्मार्ट र सहज बनाउने लक्ष्य राखेको छ।
सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापित का अनुसार, “ग्यालेक्सी A17 5G मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो। A17 ले AI-सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”
यसमा Gorilla Glass Victus र IP54 डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ OS अपग्रेड को सुविधा दिइएको छ, जसले दीर्घकालीन मूल्य सुनिश्चित गर्छ।
सामसुङले ग्यालेक्सी A17 5G मार्फत आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई नेपालमा अझ मजबुत बनाउँदै, उपभोक्तालाई AI इनोभेशन, स्टाइल, प्रदर्शन, टिकाउपन र पहुँचयोग्यताको उत्कृष्ट संयोजन प्रदान गरेको जनाएको छ।