माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । अाज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१ र ८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभाँश दिने छ ।
माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य बैंक बनेकाे छ ।