ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।
क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।
भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।