पत्रकारहरु कुनै पार्टीको नभईकन स्वतन्त्र हुनुुपर्छः उपसभामुख राना
काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने कुनै पार्टी वाद, तन्त्रवाट माथि उठेर कलम चलाउन अनुरोध गरेकी छन् ।
साउन २९ गते जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सवको अवसरमा स्रष्टालाई सम्मान त्यसै जन आकाशका अध्यक्ष मोहन कार्कीद्धारा लेखिएको मलाई सुन्दर नेपाल बनाउने रहर छ । बोलको स्वदेश गान लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएकी भएकी रानाले उक्त कुरा बताएकी हुन । उपसभामुख रानाले अर्को प्रशंङगमा सामाजिक रुपान्तरण गफमा होइन व्यवहारमा उतार्नुपर्ने पनि उल्लेख गरिन । हाम्रो देश अन्य देशको तुलनामा अन्य देशहरु अर्थतन्त्रमा बलियो भयो भन्ने डिस्टान्त दिदै नेपालमा इमान्दारिताका साथ कर तिर्नेहरुको इमानदारिता नदेखिएको बताइन ।
यस्ता महत्वपूर्ण विषयहरु सञ्चारमाध्यमहरुले उठान गरेर समाजलाई सु–सुचित गर्न सक्छन् ।
त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रममा निरन्तर रुपमा आउने गरेको छ । पत्रकारिता क्षेत्रका कतिपय सञ्चार माध्यमहरु मर्नू र बाच्नुको दोसाझमा छन् । तर जनआकाश पत्रिकाले पत्रिका, अनलाईन युटुव चलाउन सफल छ । त्यसको लागि मोहन कार्कीको संघर्षले यो सम्भव भएको हो । भन्दै शुभकामना दिए ।
त्यसैगरी विशेष अतिथिको रुपमा आएका नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाकी अध्यक्ष शोभा अ¥यालले जनआकाश मिडिया टिमले गरेको प्रगतिको प्रशंसा गर्दै आउदा दिनमा अझै धेरै प्रगति गर्न व्याक्तिगत र नेपाल पत्रकार महासंघको तर्फवाट शुभकामना दिए । १८ वर्ष आफैमा ठुलो समय हो । अध्यक्ष अन्यालले अर्को एक प्रशंगमा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षको जस्तो भुमिका रहदो रहेछ । अहिले आउन लागेको मिडिया काउन्सिल विद्येयकको अस्पष्टता अहिले अनलाइन मिडियाहरुलाई सिडियो कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान थपेर सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको घोर आपत्ति छ । भन्दै सरकारको समेत विरोध गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दिपक)ले राखेका थिए ।
वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्याक्तित्वहरुलाई सम्मान तथा मलाई सुन्दर नेपाल बनाउने रहर छ स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको थियो ।
भने उपस्थित सवैलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

