कारागारबाट रिहा भए दुर्गा प्रसाईं

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो ।
कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका थिए । तर, प्रहरीले उनी चढेको गाडीलाई अघि बढ्न भन्यो ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी अहिले डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाईको प्रक्रिया टुंग्याएर प्रसाईंलाई छाडेको छ ।