नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा, सबैभन्दा रुचाइएको पारिवारिक इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

काठमाडौँ । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टाको नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । यही साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
एक्स्पोमा सार्वजनिक हुने उक्त स्कुटर पारिवारिक स्कुटर भएको कम्पनीको भनाइ छ । एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषता हुने कम्पनीको दाबी छ ।
एक्स्पोमा सहभागीले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन् ।
भारतीय बजारमा यो स्कुटर गत वर्ष अप्रिल ६ मा सार्वजनिक गरिएको थियो । यो स्कुटर एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने बताइएको छ ।
भारतमा यो स्कुटरको सुरुवाती मूल्य १ लाख १२ हजार भारु छ अर्थात् करिब नेपाली १ लाख ८० हजार रूपैयाँ पर्छ ।