गायक इन्द्र मगरको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायक इन्द्र मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा ‘मनको आगो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
प्रेमभावसँगै मायाप्रेमले समेटिएको उक्त गीतमा नारायण दंगालको संगीत एरेन्ज रहेको छ । गायक मगरलाई गायनमा अप्सु रुचाल मगरले साथ दिएकी छिन् ।
गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ । भिडिओमा मोडलहरु मञ्जरी श्रेष्ठ, माया लामा र अप्सु रुचाल मगरको साथमा सुमन थापा र टेकेन्द्र क्षेत्री देखिएका छन् ।
गायक स्वयमले निर्देशन गरेको भिडिओ छायांकन मरुभूमि नारायणले गरेका हुन् । भिडिओ सम्पादन रोशन धितालले गरेका छन् ।