इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरमा सीटीईभीटी अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम संचालनमा

काठमाडौं । इस्टर्न कलेज अफ इन्जिनियरिङले सीटीईभीटी अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम संचालनमा ल्याएको छ । संचालनमा ल्याइएको नयाँ डिप्लोमा कार्यक्रमहरुमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तथा डिप्लोमा इन जिओम्याटिक्स इन्जिनियरिङ रहेका छन् ।
विराटनगर महानगरपालिका २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग गुणस्तरीय शिक्षा प्रदानमा आफुलाई स्थापित गर्दै लगिरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई विगत २५ वर्ष देखि अनुभवी एवम् दक्ष प्राध्यापक, सुविधा सम्पन्न कक्षाकोठा, अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला तथा अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन गर्दै इस्टर्न कलेज अफ इन्जिनियरिङ अव्वल सावित हुँदै आएको छ । अहिले पूर्वमा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै गएको छ । कलेजमा बीई सिभिल, बीई कम्प्युटर र बीई इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेसन कोर्षको लागि नेपालभरिबाट भर्ना हुने बिद्यार्थीको संख्या बढिरहेको कलेजले जनाएको छ ।
शान्त र सुरम्य वातावरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस कलेजको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । फराकिलो खेलमैदान, सुविधायुक्त कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
समग्रमा, विद्यार्थीहरूको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा कलेजले कुनै सम्झौता गरेको छैन । कलेजले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हाँसिल गर्दै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावको मन जितेको कलेजले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधासम्पन्न प्रयोगशालाहरू छन् । यस कलेजले विद्यार्थीहरुको सिप विकासको लागि फिल्ड एक्सपोजर र आन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्था गरेको छ । जसबाट विद्यार्थीहरुले राम्रो इम्प्लोमेन्टको अवसर पाएका छन् । यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेका छन् ।