सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । असार ३२ गते, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।