बीमा प्राधिकरणका अध्यक्ष ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ ।
पूर्वन्यायाधिस कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।