महानगरले तोक्यो जग्गाको मूल्य: सबैभन्दा महङ्गो न्यूरोड दरबारमार्गमा, सबैभन्दा सस्तो कहाँ ? (सूची)
काठमाडौँ । काठमाडौँ महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो ।
महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार काठमाडौंका मुख्य क्षेत्र दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा धेरै रहेको छ । महानगरका अनुसार ति क्षेत्रमा जग्गाको प्रतिआना मूल्य ५० लाख तोकिएको छ ।
महानगरले सम्पत्ति करको आधार तय गर्नका लागि विभिन्न क्षेत्रका जग्गाको प्रतिआना मूल्य निर्धारण गरेको हो ।
कहाँ कहाँको जग्गाको मूल्य ५० लाख
हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आर.बी. कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू
केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदैै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ।
माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू । जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ।
रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदैै भद्रकालीसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू ।
कुन ठाउँमा जग्गाको मूल्य कति ?
