निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको हो ।
