एसबीआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । नेपाल एसबीआई बैंकले आज असार ३० गतेदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । यसर्थ बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३३० लाख इकाई ऋणपत्र जारी गरेको छ । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नामको ऋणपत्र निष्कासन गरेको हो । यसमा एनआइएमबी एस क्यापिटलले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ ।
यस ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन १२ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
