जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.६५ अनुपात (६५ प्रतिशत) मा २द्ध लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
जोशीको हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । भदौ ४ गतेसम्म आवेदन दिन सकिन्छ । यो हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौं, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौं र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।