निजी घर बनाउन तीन करोडसम्म ऋण पाइने
काठमाडौं । निजी घर बनाउनेले ३ करोड रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्।
राष्ट्र बैंकले निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड पुर्याएको हो।
गर्भनर डा. विश्व पौडेलले पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य
अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने
व्यवस्था गरेका छन्।
