कामना सेवाले आईएमई पेसँग कारोबार गर्ने |
काठमाडौं । कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।
आईएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।




