हिम स्टार उर्जाको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज मंगलबार असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर निष्कासन गरेको हो । यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ ।
इक्रा नेपालले हिम स्टार उर्जाको आइपीओलाई इक्र एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्र नेपालले २०८१ चैत १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन २९ गतेसम्म बाहल रहनेछ ।