मन्जुश्री फाईनान्सद्धारा आर.एम केडिया अस्पताल बिरगंजलाई दुइ थान एसी हस्तान्तरण
काठमाडौं । कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको कार्यक्रममा मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बिरगंज शाखा मार्फत आर.एम केडिया आँखा अस्पताल, बिरगंजलाई दुइ थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १ सय ७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ ।
प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले आर.एम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको पाईन्छ ।
