अब बैंकहरुले २ वर्ष बढीको मुद्दती निक्षेप विदेशी मुद्रामा लिन पाउने |
काठमाडौं । अब २ वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेप विदेशी मुद्रामा गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरुबाट कम्तिमा पनि २ वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्नेछन्,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
बैंकले निक्षेप विदेशी मुद्रामा भएपनि त्यसको शतप्रतिशत कर्जा प्रवाह भने नेपाली मुद्रामानै गर्न पाइने बताएको छ ।


